काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक सुझाव एप’ सञ्चालनमा ल्याइएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन काठमाडौंले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । पूर्वाधार विकासमन्त्री सुनील लम्सालको निजी सचिवालयका अनुसार काठमाडौं उपत्यकाभित्रका नागरिकले सङ्घीय सडकअन्तर्गतका बिग्रिएका सडकको मर्मतसम्बन्धी गुनासा तथा सुझाव एपमार्फत दर्ता गर्न सकिने जनाएको […]