दुईदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री शाह नयाँ दिल्लीबाट स्वदेश प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने भारतको राजकीय भ्रमण सम्पन्न गरी सोमबार नयाँ दिल्लीबाट स्वदेश प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादसहित दुवै देशका कूटनीतिक अधिकारीले बिदाइ गरेका हुन्। बिदाइका क्रममा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र नेपालका लागि […]