राष्ट्रिय वाणिज्य बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाबीच बैंकिङ सहकार्य सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (ICAN) बीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता आज मिति २०८२ पुस ३० गते बुधबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आयोजित औपचारिक कार्यक्रमबीच सम्पन्न भएको हो । सम्झौता–पत्रमा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल […]