पुल्चोकको दाउरा थकालीमा आगलागी (तस्बिरहरू)

काठमाडौं – ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको छ। जिल्ला प्रहरीका अनुसार भरखरै आगलागी सुरु भएको हो। घटनास्थलमा अहिले दमकल र प्रहरी टोली परिचालन गरिएको छ र आगो नियन्त्रणमा लिन प्रयास भइरहेको छ अहिलेसम्म आगलागीको कारण पत्ता लागिसकेको छैन। थप जानकारी आउन बाँकी छ।