इन्द्रजात्रामा स्वयंसेवकलाई खाना, खाजा र पानीको व्यवस्था गर्दै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले इन्द्रजात्राको व्यवस्थापनमा खटिने स्वयंसेवकलाई खाना, खाजा र पानीको व्यवस्था गर्ने भएको छ। इन्द्रजात्राको तयारीबारे मंगलबार गुठीहरूसँग भएको छलफलमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सामाजिक सेवाको भावनाले जात्राको बाह्य व्यवस्थापनमा खटिने स्वयंसेवकको आधारभूत आवश्यकतालाई महानगरले सम्बोधन गर्नुपर्ने बताइन्। उनले कुनै स्वार्थ, पद वा आर्थिक अपेक्षाबिना फिल्डमा खटिने स्वयंसेवकलाई कम्तीमा खाना, खाजा र […]