रौतहटको मदिरा उद्योगमा विष्फोट: एकको मृत्यु, ६ जना घाइते

काठमाडौं । रौतहटको कटहरीया नगरपालिका–९ मा रहेको ज्योती डिस्टीलरी उद्योगमा आज बिहान बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विष्फोटमा लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको हो। साथै बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली, प्रेमजित राय र जगदिश राय घाइते भएकाे […]