काठमाडौं– सरकारले राजावादीहरूका कारण तनावग्रस्त काठमाडौंको तीनकुने क्षेत्रमा सेना परिचालन गरेको छ । राजावादीको आन्दोलन हिंसात्मक बनेपछि तीनकुनेसहितका क्षेत्रमा सरकारले सेना खटाएको हो । यसअघि जिल्ला प्रशासन कार्यालयले तीनकुने, कोटेश्वर र सिनामंगल क्षेत्रमा कर्फ्यू लगाएको थियो । कर्फ्यू लगाइएपछि नेपाली सेना बख्तरबन्द गाडीसहित तीनकुने क्षेत्रमा देखिएको हो । स्थानीय प्रशासनले शुक्रवार अपराह्न ४ :२५ बजेदेखि […]