एथरको १५औँ बिक्री केन्द्र नेपालगन्जमा, विद्युतीय स्कुटरमा ८ वर्षसम्म ब्याट्री वारेन्टी

विद्युतीय दुईपाङ्ग्रे सवारी ब्रान्ड एथरले पश्चिम नेपालमा आफ्नो बजार विस्तार गर्दै नेपालगन्जमा १५औँ अनुभव केन्द्र सञ्चालनमा ल्याएको छ। नेपालगन्जको बसपार्क रोड, न्यू रोड २ मा स्थापना गरिएको केन्द्रबाट एथरका विद्युतीय स्कुटरको बिक्री, परीक्षण सवारी तथा बिक्रीपछिको सेवासम्बन्धी जानकारी उपलब्ध हुने कम्पनीले जनाएको छ। नयाँ केन्द्रमा एथर ४५० र एथर रिज्टा मोडल उपलब्ध हुनेछन्। ग्राहकले स्कुटरको […]