पुर्ख्यौली कालिगड पेसा संरक्षणमा जुट्दै युवा

भोजपुर– आफ्नै ठाउँमा स्वरोजगार सृजना गर्दै पुर्ख्यौली पेसाको संरक्षणमा युवा पुस्ता सक्रिय हुन थालेका छन् । विदेशिने लहर बढिरहेका बेला भोजपुर नगरपालिका– ५ बोखिमका ज्ञानेन्द्र विश्वकर्मा भने गाउँमै बसेर खुकुरी बनाउने कालिगड पेसामा जुटेका छन् । बाबुबाजेले सिकाएको सीपलाई निरन्तरता दिँदै उनले यो पेसा अँगालेका हुन् । स्नातक तहसम्म अध्ययन गरेका विश्वकर्माले राम्रो अवसरको खोजीमा […]