काठमाडौं- नेकपा (एमाले) भित्र व्यापक रूपान्तरण, पुस्तान्तरण र संगठनात्मक पुनर्संरचनाको माग गर्दै ‘एमाले रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान–२०८२’ का नाममा विस्तृत अपिल सार्वजनिक गरिएको छ । ‘श्रद्धेय कमरेड’ सम्बोधन गरिएको उक्त अपिलमा नेपाली कम्युनिष्ट आन्दोलन इतिहासकै गम्भीर संकटमा पुगेको उल्लेख गर्दै पार्टीले जनआकर्षण गुमाउँदै गएको र संसदीय राजनीतिमा कमजोर बन्दै गएको दाबी गरिएको छ […]