एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदैछ । ओलीकी पत्नी राधिका शाक्यको तर्फबाट हिजो (आइतबार) दायर रिटमा आजका लागि सुनुवाइ तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । रिटमा जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा मात्र पक्राउ गरी थुनामा राखिएको कदम गैरकानूनी भएको दाबी गरिएको छ। […]