युक्रेनका प्रहरी प्रमुखले राजीनामा दिएका छन्। राजधानी किभमा भएको एक घातक सामूहिक गोलीकाण्डपछि गस्ती प्रहरी प्रमुख येभहेन झुकोभले राजीनामा दिएका हुन्। उक्त घटनामा संलग्न दुई प्रहरी अधिकारीको भूमिकालाई लिएर चर्को आलोचना भएपछि उनले पद त्याग गरेको बताइएको छ। किभको दक्षिणी होलोसीइभ्स्की जिल्लामा एक व्यक्तिले सडकमा अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु भएको थियो भने १४ […]