नवौँ एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फ एभरेष्ट क्लबको चुली युवा क्लबमाथि जित

काठमाडौं– नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा एभरेष्ट भलिबल क्लबले चुली युवा क्लबलाई पराजित गरेको छ ।  बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा भएको खेलमा एभरेष्ट भलिबल क्लबले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सान्त्वना जित हासिल गरेको छ ।  सेमिफाइनल समीकरणबाट बाहिरिइसकेको एभरेष्टले २५–१४, २५–५, २५–११ ले […]