तत्काल देउवाको विकल्प नखोज्ने कांग्रेस उपसभापति खड्काको संकेत

काठमाडौं। जेन-जी आन्दोलनबाट खण्डहर बनेको पार्टी मुख्य कार्यालय निरीक्षणमा बुधबार ललितपुरस्थित सानेपा पुगेका थिए पूर्णबहादुर खड्का। पार्टीमा पहिलो वरीयताको उपसभापतिसमेत रहेका खड्काले केही समय पार्टी कार्यालयमा बिताए। यतिबेला उनै खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर सभापति शेरबहादुर देउवालाई पार्टीबाट बिदा गर्नुपर्ने माग उठेको छ। तर‚ खड्का भने पार्टी नेतृत्व लिएर रूपान्तरणमा जान तयार देखिँदैनन्। उनी सभापति देउवाबाटै […]