पूर्वराजकुमार समातिएपछि बेलायती जनता खुशी, राजा भन्छन्– अब कानुनले काम गर्छ

काठमाडौं– कुख्यात बालयौन दुराचारी जेफ्री एपस्टिनसँग मुछिएर बदनाम भएका बेलायतका पूर्वराजकुमार एण्ड्रियू माउन्टबेटन–विन्जर पक्राउ परेका छन् । उनलाई बेलायतको नोरफोकस्थित स्याण्ड्रिङ्घम आवास क्षेत्रबाट पक्राउ गरिएको हो । यसअघि उनी पश्चिमी लण्डनको विन्जरस्थित शाही आवासमा बसोबास गर्दै आएका थिए । तर, गत फेब्रुअरी २ मा उनी त्यहाँबाट रातको अँध्यारोमा लुकिछिपी नोरफोक बसाइ सरेर गएका थिए । […]