समानुपातिकमा आधाभन्दा बढी मतगणना– अहिलेकै अनुपातमा कुन दलले कति सिट जित्छन्?
२७५ सदस्यीय प्रतिनिधिसभामा दुई-तिहाइ बहुमत प्राप्त गर्न १८४ सिटमा जित हात पार्नुपर्छ। रास्वपाले अहिलेकै अनुपातमा मत प्राप्त गर्ने हो भने उसले दुई-तिहाइ सिटमा जित हात पार्न सक्ने देखिन्छ।