काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज भएको खेलमा न्युजिल्याण्डलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै बेल्जियम समूह जी को विजेता बनेको हो । बेल्जियमका लागि लिएन्ड्रो ट्रोसार्डले दुई, केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलेमेकर्सले एक–एक गोल गरेका थिए । […]