‘दुर्वाशा’ देवकोटा र ‘पागल’ कविताको रचना

२००९ सालको जेठको अन्त्यतिर महाकवि लक्ष्मीप्रसाद देवकोटा र म टुँडिखेल घुमेर आयौँ। महाकविको साथमा जहिले पनि एउटा थोत्रो साइकिल हुन्थ्यो। हामी साइकिल घिच्याउँदै बागबजारतिर लाग्यौँ। बागबजारको बीच सडकबाट हिँड्यौँ। कुरा गर्दागर्दै गुर्जुधारा पुग्यौँ। त्यस समय डिल्लीबजार उकालोलाई गुर्जुधारा भन्थे। यहाँ एउटा ढुंगेधारा थियो सबैले पानी खाने। यसभन्दा केही माथि पद्मकन्या स्कूलको ढोका नपुग्दै दाहिनेपट्टि एउटा […]