बिहान ८ बजे। कलंकीको चोकमा माइक्रोबस चालक मोहन ‘हर्न बहादुर’ थापा तेस्रो पटक घडी हेर्दै छन्। पछाडिको सिटमा बसेकी स्कुले शिक्षिका शर्मिला म्याडम चिन्तित छिन्, पहिलो पिरियड छुट्ने भयो। छेउको सडकमा नयाँ बानेश्वरबाट ओरालो झरेका ट्राफिक प्रहरी हवल्दार धर्मराज चौलागाईं एक्लै चारवटा दिशाका गाडी सम्हाल्दै छन्। केही पर चिया पसलमा बसेका रिटायर्ड इन्जिनियर बुढाबाजे भन्छन्, […]