काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमालेसहितको गठबन्धन सरकार ढलेर अहिले सुशीला कार्की नेतृत्वको सरकार बनेको छ। जेनजी आन्दोलनमा थुप्रै युवायुवतीले ज्यान गुमाएपछि ओली र उनको सरकारका गृहमन्त्री रमेश लेखकमाथि धेरैले आक्रोश पोखे। जेनजी आन्दोलनपछि उग्र बनेको भिडले उनीहरुलाई निशाना बनाएपछि नेपाली सेनाले उनीहरुलाई सुरक्षित ठाउँमा सारेको थियो। […]