गच्छे-भालुबाङ सडक निर्माणले गति लिँदै, १२० किलोमिटरको दूरी ७३ मा झर्ने

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट लुम्बिनी प्रदेशको राजधानी भालुबाङ जोड्ने गच्छे-भालुबाङ सडक निर्माणले गति लिएको छ ।  सडक सम्पन्न भएपछि हालको १२० किलोमिटर लामो यात्रा ७३ किलोमिटरमा छोटिनेछ । प्रदेश सरकारको गौरवको योजनाका रूपमा अघि बढाइएको सडक गच्छे, ढिकुरा, धनचौर, जुकेना, जलुके, लामाताल र दरबाङ हुँदै भालुबाङ पुग्नेछ । सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीका प्रमुख इन्जिनियर […]