प्रदेश र स्थानीय तहको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गर्छौँ : मुख्यमन्त्री पाण्डे

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश र स्थानीय सरकारको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गरिने बताएका छन् ।  आज बागलुङमा आयोजित गण्डकी प्रदेशस्तरीय न्यायिक सम्मेलनमा उहाँले नागरिकलाई आयआर्जनसँग जोड्न स्थानीय स्तरमै रोजगार सिर्जना गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । मुख्यमन्त्री पाण्डेले अब प्रदेशभित्रका पालिकामा बढी उत्पादन हुने वस्तुलाई प्राथमिकता दिएर जनशक्ति परिचालन गरिने बताए ।  […]