काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले खरानीकै थुप्रोमा टेकेर एमालेले फेरि उभिने बताएका छन् । गत मंगलबार र बुधबार जेन-जी आन्दोलनका नाममा भएको देशव्यापी विध्वंशपछि सोमबार पार्टी कार्यालय च्यासल पुगेका ज्ञवालीले यी सबै घटनाक्रमको समीक्षा हुने बताए । उनले अहिले सुरक्षाकर्मीलाई सहयोगको खाँचो रहेको बताए । ‘छानो बनाएर हुन्छ कि जस्तापाता लगिदिएर हुन्छ कि पानी […]