गहुँको समर्थन मूल्य निर्धारणका लागि उद्योग मन्त्रालयमा कृषिको प्रस्ताव

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न आवश्यक प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष प्रस्ताव पठाएको छ। किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले उक्त प्रस्ताव तयार गरिएको हो। मन्त्रालयले कृषि विभागमार्फत देशका विभिन्न १० जिल्लामा स्थलगत अध्ययन गरी गहुँ उत्पादनको लागत, बजार मूल्य तथा समग्र […]