काठमाडौँ। निर्वाचन आयोगले कानुनअनुसार अयोग्य ठहर भएका ७६ जनाको नाम समानुपातिक बन्दसूचीबाट हटाएको छ। विभिन्न दलले अयोगमा बुझाइएको बन्दसूचीबाट ती नामहरू हटाइएको हो। प्रचलित कानुनबमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्थाका आधारमा समानुपातिक बन्दसूचीबाट नाम हटाएको आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टटराईले बताए। आयोगका अनुसार हटाइएकामध्ये कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१‚ प्रदेश सभा सदस्य समानुपातिक […]