बरहथवा– गोलभेँडाको बजार मूल्य राम्रो भएपछि यसपटक सर्लाहीका किसान निकै उत्साहित बनेका छन् । गोलभेँडाको सहरका रूपमा परिचय बनाएको यहाँको हरिवन, लालबन्दी, ईश्वरपुर, बागमतीलगायत स्थानका किसानलाई यतिबेला गोलभेँडा टिप्ने र बजार लैजाने चटारो छ । हरिवन नगरपालिका–१ भोक्टेनीका किसान रामबहादुर महतोले गोलभेँडाबाट यसपटक नसोचेको मूल्य पाएको बताए । उनको अनुहारमा यसपटक युद्ध जितेको सिपाहीको जस्तै […]