झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आइपुगेका छन्। प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ताका लागि उनी आज झापा पुगेका हुन्। ओली भद्रपुर विमानस्थल हुँदै झापा आएका हुन्। आगमनका क्रममा पार्टी नेता तथा कार्यकर्ताले उनको स्वागत गरे। एमाले झापा अध्यक्ष प्रेम गिरीका अनुसार ओलीले जिल्लामा रहँदा विभिन्न व्यक्तित्व तथा पार्टीका नेता कार्यकर्तासँग छलफल गर्ने कार्यक्रम छ। […]