नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन गुग्लिएलमो एरिना नियुक्त

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले इटालियन प्रशिक्षक गुग्लिएलमो एरिनालाई नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। एन्फाका महासचिव किरण राईले आज एरिनालाई औपचारिक नियुक्तिपत्र प्रदान गरे। एरिना दुई साताअघि नै नेपाल आइपुगेका थिए। स्वीट्जरल्यान्डमा जन्मिनुभएका एरिना इटालियन नागरिक हुन् र एएफसी प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। एरिनासँग चार महादेशका विभिन्न क्लब र […]