भारी वर्षाको जोखिम : राति यात्रा नगर्न र उच्च सतर्कता अपनाउन गृह मन्त्रालयको आग्रह

काठमाडौँ। असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि गृह मन्त्रालयले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले जोखिमयुक्त सडकमा यात्रा गर्नुअघि सडक र यातायात सेवाको अवस्था बुझ्न तथा सम्भव भएसम्म अनावश्यक यात्रा नगर्न भनेको छ। बिहीबार जारी अनुरोधमा जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी […]