सीप सिक्दै आत्मनिर्भर बन्दै लमजुङका महिला

लमजुङ।  लमजुङको सुन्दरबजारमा महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको १० दिने सरसफाइ सामग्री बनाउने तालिम सम्पन्न भएको छ । तालिममा सरफ, साबुन, हार्पिक, फिनेललगायतका सरसफाइ सामग्री उत्पादन गर्ने सीप प्रदान गरिएको थियो । वर्ल्ड  भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालको सहकार्य तथा सुन्दरबजार नगरपालिका–७ को समन्वयमा तालिम भएकोे हो […]