काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अंकिता ठाकुरले स्वास्थ्य उपचारको नाममा भइरहेको अमानवीय कार्यप्रति गम्भीर आपत्ति जनाएकी छिन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पैसा नभएकै कारण अस्पतालको गेटमा बच्चा जन्माउन बाध्य हुनुपर्ने एउटा पीडादायी घटनाबारे सदनको ध्यानाकर्षण गराएकी हुन्। ‘जहाँ पैसाले सास र आस तय गर्छ, त्यहाँ अस्पताल, अस्पताल रहँदैन, त्यो केवल सौदाबाजीको पसल […]