उदयपुर– कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क दिने भएको छ । कटारी नगरपालिकाले सेवाबापतको रकम सोधभर्ना गरिदिने भएपछि अस्पतालले सेवा निःशुल्क दिन लागेको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ड डा. गौरव साहले बुधबार सूचना जारी गर्दै अस्पतालले निःशुल्क सेवा दिन लागेको जानकारी दिएका हुन् । ‘ओपीडीमा आउने सेवाग्राहीले पैसा तिर्नुपर्दैन, सेवाग्राहीले तिनुपर्ने […]