गणेश नेपालीका परिवारलाई रोजगारी र बालबालिकाको निःशुल्क शिक्षाको व्यवस्था गर्ने काठमाडौं महानगरको घोषणा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका तथा उपचारका क्रममा निधन भएका गणेश नेपालीप्रति दुःख व्यक्त गर्दै उनका परिवारलाई विभिन्न प्रकारको सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। शुक्रबार राति महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरद्वारा जारी विज्ञप्तिमा मुगुका स्थायी बासिन्दा तथा हाल भक्तपुरमा बसोबास गर्दै आएका नेपालीको उपचारका क्रममा भएको निधनप्रति महानगरले गहिरो […]