मलेसियाले विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) बाहेक अन्य प्रक्रियाबाट नेपाली श्रमिक भर्ना नगर्ने अडानसहित नेपाललाई कूटनीतिक जवाफ पठाएको छ। सीमित म्यानपावर कम्पनीमार्फत मात्रै श्रमिक लैजाने व्यवस्थाप्रति नेपालले असहमति जनाए पनि मलेसियाले नयाँ प्रणालीबाटै प्रक्रिया अघि बढाउने बताएको हो। परराष्ट्र मन्त्रालयमार्फत प्राप्त जवाफमा मलेसियाले श्रमिकको हित संरक्षण, श्रम बजार व्यवस्थापन र भर्ना प्रक्रियालाई व्यवस्थित बनाउन […]