काठमाडौँ । आगामी यु-१९ एसिया कपलाई लक्षित गर्दै नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । प्रतियोगिताको तयारीस्वरूप नेपाली युवा टोलीको बन्द प्रशिक्षण आइतबारदेखि पोखरामा सञ्चालन हुनेछ । प्रशिक्षणका क्रममा खेलाडीको प्रदर्शन र क्षमताका आधारमा अन्तिम टोली छनोट गरिने क्यानले जनाएको छ । […]