काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी रहेको छ । मतगणना सम्पन्न भएको ३ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने गरी हाल मतगणना जारी रहेको एमाले निर्वाचन आयोगले जनाएको हो। निर्वाचनमा जम्मा २ हजार २ सय ६३ जना मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको थियो […]