नापोलीले जित्यो इटालियन सुपरकप

काठमाडौं। डाभिड नेरेसको दुई गोलको मद्दतमा नापोलीले बोलोग्नालाई २–० ले हराउँदै इटालियन सुपरकप जितेको छ। सोमबार राति साउदी अरेबियाको रियादमा सम्पन्न फाइनल भिडन्तमा नापोलीले बोलोग्नालाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो। खेलको ३९ औं मिनेटमा डाभिड नेरेसले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ५७ औं मिनेटमा नेरेसले नै व्यक्तिगत दोस्रो गोल थपे […]