अटिज्म बारे बुझौँ र सही व्यवस्थापन गरौँ

अटिज्ममा बाहिरबाट हेर्दा कुनै रोग देखिँदैन। सामाजिक रूपमा घुलमिल हुन नसक्ने, कसैसँग कुरा गर्न गाह्रो हुने, आँखामा आँखा नजुधाउने, एक्लै बस्न मन पराउने, अरूलाई आफ्नो कुरा बुझाउन नसक्ने र आफैँले पनि नबुझ्ने, एउटै कुरा दोहोर्‍याइरहने जस्ता व्यवहार देखिन्छन्।