काठमाडौँ। साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से १०.२९ अंकले घटेको छ। अघिल्लो कारोबार दिन (बिहीबार) को तुलनमा ०.३९ प्रतिशतले घटेको नेप्से २६१०.६३ विन्दुमा रोकियो। यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ०.७० अंकले घटेर ४५१.०७ विन्दुमा रोकिएको छ। आज ३२३ कम्पनीको ७९ हजार ७०२ पटकको कारोबारमा एक करोड दुई लाख ७४ हजार १२६ कित्ता सेयर किनबेच भए। […]