महिला उम्मेदवार उठाउन दलहरूको कन्जुस्याइँ

बुटवल। आसन्न २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ महिला उम्मेदवारहरूको संख्या हेर्दा दलहरूले लैंगिक समानता, समावेशिता र सहभागितामूलक लोकतन्त्रको धज्जी उडाएको देखिन्छ। १२ जिल्ला र २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीले एक एक जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएका छन्। कांग्रेसले रुकुम पूर्वमा केन्द्रीय सदस्य […]