युद्धका कारण खाडी मुलुकहरूमा अलपत्र परेका नेपाली साउदीहुँदै नेपाल आउन सक्ने

मन्त्रालयका अनुसार भिसा सहजीकरणका लागि आफ्नो राहदानीको फोटोकपी, भिसाको फोटोकपी र ट्राभल प्लानसहितको विवरण आफू रहेको देशमा रहेका नेपाली दूतावासमा सम्पर्क गर्नुपर्ने छ । दूतावासहरूले साउदीको भिसा सहजीकरण गरिदिने मन्त्रालयले जनाएको छ ।