अमेरिकाको मिनेसोटामा दुई भेनेजुएलाली आप्रवासीहरूमाथि भएको गोली काण्डको घटनामा संलग्न अध्यागमन विभाग आइसका एक सङ्घीय एजेन्टविरुद्ध ज्यान मार्ने उद्योग सहितका विभिन्न गम्भीर फौजदारी अभियोगहरू दर्ता गरिएको छ। हेनेपिन काउन्टीकी एटर्नी मेरी मोरियार्टीले सोमबार आयोजित एक पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार आरोपी एजेन्ट क्रिश्चियन क्यास्ट्रोविरुद्ध सेकेन्ड डिग्री असल्टका चारवटा र झूटा रिपोर्टिङ गरेको एउटा गरी पाँचवटा […]