भैँसीपालन छाडेर बाख्रापालनमा सफलता: गौचनको वार्षिक लाखौँ आम्दानी

जिल्लाको धौलागिरि गाउँपालिका–२ लमसुङका ६० वर्षीय कृष्ण गौचनले परम्परागत भैँसीपालन छाडेर सुरु गरेको बाख्रापालनबाट उल्लेखनीय सफलता पाएका छन्। सुरुमा रु ५२ हजार लगानीबाट थालेको “लोकेश कृषि तथा बाख्रा फार्म” अहिले वार्षिक लाखौँ आम्दानी दिने व्यवसाय बनेको छ। विसं २०७४ मा घुम्तीकोषबाट सहुलियत ब्याजदरमा लिएको रु ३८ हजार १५० ऋण र रु १५ हजार बीउपुँजीबाट गौचनले […]