नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी चितवन राइनोजले टिसर्टलगायत आफ्ना सामग्री बिक्रीको पाँच प्रतिशत रकम दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा लगानी गर्ने भएको छ। गैँडाको नाम र पहिचानसँग जोडिएको क्लबले क्रिकेटसँगै संरक्षण अभियानमा योगदान गर्ने घोषणा गरेको हो। चितवन राइनोज स्पोर्ट्स क्लबका अध्यक्ष आयुष न्यौपानेले क्लबको नाम नै गैँडासँग जोडिएकाले यसको संरक्षणमा सहयोग गर्न लागेको बताए। […]