एउटा अधिवक्ताको अनशनले जगाएको न्यायको आशा

पुसको कठ्यांग्रिँदो जाडो र तराईको शीतलहर। त्यसमाथि मधुमेहका बिरामी। तर, यी केहीको परवाह नगरी नेपालगन्जका पूर्वमेयरसमेत रहेका ७३ वर्षीय वरिष्ठ अधिवक्ता विजय गुप्ता जिल्ला प्रशासन कार्यालय बाँकेको गेटअगाडि आमरण अनशन बसे। १ पुस २०८२ बाट सुरु भएको गुप्ताको अनशनपछि एकाएक सरकारी निकाय झस्किए। कानुनी व्यवस्था, विधि र प्रक्रियाका अनेक तर्क गर्दै झुलाइरहेका ती निकाय २४ […]