काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला विशेष महाधिवेशनबाट चयन भएको नेतृत्व स्विकार्न सकारात्मक देखिएका छन्। सभापति गगन थापानिकट एक नेताका अनुसार, कोइरालाले विशेष महाधिवेशनबाट बनेको नेतृत्व र कार्यसमितिलाई वैधानिक रूपमा स्विकार्दै पार्टी एकता कायम राख्न मध्यस्थ भूमिका खेल्न तयार रहेको बताएका छन्। मंगलबार कोइरालाले दुवै पक्षसँग संवाद गर्न छुट्टाछुट्टै वार्ता टोलीसमेत गठन गरेका छन्। […]