माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) बीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी सेवा सक्षम गर्ने सम्बन्धमा सम्झौता भएको छ। एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुबेदी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका हुन्। सम्झौतापछि एनसीएचएलको इएफटी स्वीच नेशनल कार्ड […]