रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन

रुबेला उन्मूलनको उपलब्धि नेपालको इतिहासमा गौरवपूर्ण अध्याय बनेको छ। तर इतिहासमा नाम लेखिनु र भविष्यको सुरक्षा सुनिश्चित हुनु फरक कुरा हुन्। आजको आवश्यकता विगतको सफलतामा रमाउनु मात्र होइन, त्यसलाई पुस्तौँसम्म टिकाइराख्ने आर्थिक र संस्थागत आधार निर्माण गर्नु हो। नेपालले खोपमा आत्मनिर्भर बन्न सक्छ, तर त्यसका लागि स्पष्ट वित्तीय योजना, पर्याप्त घरेलु लगानी, पारदर्शी खरिद प्रणाली, तथ्यमा आधारित निर्णय र दृढ राजनीतिक प्रतिबद्धता आवश्यक छ।