जडीबुटी बेच्न जुम्लाबाट जनकपुर

जनकपुरधाम। हिमाल, पहाड र तराईको त्रिवेणी जहाँ नाचगान, किनमेलदेखि सम्बन्धसम्म गाँसिन्छ। यो जनकपुरधाम उपमहानगरपालिका नजिकैको दृघिकासर पोखरीको पूर्वपट्टि रहेको पहाडियागाछीको कथा हो। साहित्यकार राजेन्द्र बिमलका अनुसार २०२० सालसम्म यो ठाउँमा थुप्रै रूख थिए। खास गरेर पूर्वी पहाडबाट राई, गुरुङ, मगरहरू आउँथे र सुन्तला, जडीबुटी भण्डारण गरी राख्थे अनि जनकपुर आसपास बेच्थे। २०४६ सालसम्म त्यहाँ गाछी […]