ग्रीनल्याण्डका कार्यवाहक प्रधानमन्त्री मुते बी एगेडेले अमेरिकी उपराष्ट्रपति जे डी भान्सको भ्रमणलाई उत्तेजना र शक्ति प्रदर्शन भन्दै टिप्पणी गरेका छन । उनले ग्रीनल्याण्ड सरकारको तर्फबाट कुनै पनि निमन्त्रणा नदिइकन यो भ्रमण हुन लागेको भन्दै अन्तर्राष्ट्रिय समुदायले विरोध गर्न आव्हान गरेका छन । उनले ग्रीनल्याण्डका साधारण जनताले पनि भ्रमणका सदस्यहरुलाई स्वागत नगर्ने दावी गरेका छन । […]